वैज्ञानिकले खोजे दोश्रो अल्ट्रा हट वृहस्पति, ३२०० डिग्री सेल्सियस तापमान, फलाम पनि हुन्छ धुवाँ

वैज्ञानिकले एक निकै गर्मी अथवा अल्ट्रा हट बृहस्पति जस्तो एक्सोप्लैनेट खोजेका छन् जसको तापमान ३२०० डिग्री सेल्सियस सम्म हुन सक्दछ । यस ग्रहमा पृथ्वीको समान एक स्तरिय वातावरण मौजुद छ जुन निकै आश्चर्यजनक छ । स्वीडेन र स्विट्जरल्याण्डको विशेषज्ञले हाई रिज्युलेशन स्पेक्ट्रोस्कोपीको प्रयोग गरेर एक्सोप्लैनेट WASP-189b को जटिल र अचम्मको वातावरणको बारेमाा अधिक खोज गरेका हुन् ।

विशालकाय गैसीय ग्रह पृथ्वीबाट ३२२ प्रकाश वर्षको दुरीमा स्थित छ । यसको खोज २०१८ मा वाइड एंगल सर्च फर प्लैनेट्स प्रोजेक्टले यसको होस्ट तारा HD 133112 को परिक्रमा गर्दा गरेका थिए । अब विशेषज्ञ बताउँछन् कि WASP-189b को वातावराण्मा टाइटेनियम अक्साइड, फलाम, टाइटेनियम, क्रोमियम, वैनेडियम, मैग्नीशियम र मैंगनजीको एक अचम्मको काकटेल मौजुद छ ।

२.७ दिनमा पुरा हुन्छ एक साल

लाई पहिले ब्रम्हाण्डमा सबभन्दा चरम ग्रहमध्ये एक मानिन्थ्यो । यसको सतह यति गर्मी छ कि यहाँ फलाम पनि वाष्पीकृत हुन सक्षम छ । वृहस्पतिभन्दा डेढ गुना ठूलो WASP-189b सूर्य र पृथ्वीको दुरीको तुलनामा आफ्नो होस्ट तारादेखि २० गुना नजीक छ । यो ग्रह आफ्नो होस्ट ताराको यति करिब छ कि यहाँ एक साल सिर्फ २.७ दिनको हुन्छ । दुरीको बाबजुद शोधकर्ता वायुमण्डलीय परतलाई लिएर WASP-189b को वातावरणको तुलना पृथ्वीसँग गर्दछन् ।

वैज्ञानिकले खोजे अचम्मको आकारको ग्रह

यसभन्दा पहिले खबर आएको थियो कि युरोपिय अंतरिक्ष एजेन्सीको कैरेक्टराइजिंग एक्सोप्लैनेट सैटेलाइटले एक अचम्मको ग्रहीय पिंडको खोज गरेको छ । यस ग्रहको आकार गोलो छैन र यो निकै विकृत छ । यो एक्सोप्लैनेट आफ्नो होस्ट ताराको परिक्रमा एक दिनभन्दा कम समयमा गर्दछ । वैज्ञानिकले पहिलो पटक कुनै अचम्मको आकारवाला ग्रहको खोजी गरेका छन् । यो एक्सोप्लैनेट ग्रहको आन्तरिक संरचनाको बारेमाा एक नयाँ थ्यारी पेश गरेको छ । होस्ट ताराको ज्वारिय बलले गर्दा यसको आकार कुनै रग्बी बल जस्तै हुन्छ ।