मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी हुँदा आठको मृत्यु

मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अभियोजकहरूका अनुसार रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा दुई तले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको थियो ।

गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीहरूले बताएका छन् । “अनुसन्धानकर्मीहरूका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकहरूलाई भाडामा दिइएको थियो”, अभियोजकहरूले भनेका छन् ।

अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको उक्त भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ । अभियोजकहरूले आगलागीको सम्भावित कारणमा ग्यासलाई अस्वीकार गरेका छन् । अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासहरूका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको विश्वास गरिन्छ ।

अन्तर्वार्ता- सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने

अन्तर्वार्ता- सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छुः मन्त्री अर्याल

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छुः मन्त्री अर्याल

उपप्रधानमन्त्री लामिछानेद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

उपप्रधानमन्त्री लामिछानेद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार

ईशनाथको आधारभूत विद्यालयको भवन निर्माण अनियमितता  :  प्रमुख प्रशासकीय अधिकृतसमेत सबैलाई सफाइ

ईशनाथको आधारभूत विद्यालयको भवन निर्माण अनियमितता : प्रमुख प्रशासकीय अधिकृत…

दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी  टोलीलाई स्वागत

दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्…

प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट

प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट

मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरुप अगाडि बढाउन सुझाव

मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरुप अगाडि बढाउन सुझाव