वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

कस्तो अचम्मः अदालतको अनुमतिपछि प्रधानमन्त्रीको स्वीकृति ?

अदालतले पक्राउ गर्न अनुमति दिएपछि आफूले कान्तिपुर पब्लिकेसन्स गु्रपका अध्यक्ष कैलाश सिरोहियालार्र्ईै पक्राउ गर्न स्वीकृति दिएकोे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पादकहरुलाई बताएको कुराको  सार्वजनिक भएको छ । 

सिरोहियालाई पक्राउ गरिएको भोलीपल्टै अर्थात बुधबार प्रभावकारी सञ्चार माध्यमका सम्पादकहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले सो कुरा सार्वजनिक गरेको चर्चा भइरहेको छ । 

सिरोहियालाई मंगलबार सांझ आफ्नै कार्यालयबाट पक्राउ गरिएको थियो भने धनुषा जिल्ला अदालतले तीनदिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।

https://barnanmedia.com/news/detail/176431/

हल्ला मच्चाउनुभन्दा मुद्दाको कानुन प्रतिवाद गर्नुमा छ कैलाशको कल्याण

गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबीचको टकराव उत्कर्षमा पुगेको छ । लामिछाने अहिले मुलुकको शान्ति सुरक्षा र कानुन कार्यान्वयन गराउने निकायहरु हाँकेर बसेका छन् भने सिरोहिया प्रहरी हिरासतमा पुगेका छन् । 

सिरोहियामाथि नागरिकता कसुर गरेको सरकारको आरोप छ । प्रहरीले अदालतमा पनि उनीमाथि ७ वटा आधारमा मुद्दा चल्न सक्ने भन्दै हिरासतमा राख्नुपर्ने जिकिर गरेको छ । प्रहरीको दाबी आधारहीन नरहेको अदालतको प्रारम्भिक बुझाइ छ । पहिलोपटकका लागि अदालतले ३ दिन थुनेर मुद्दाको अनुसन्धान गर्न अनुमति दिएको छ । 

यदि कुनै पनि नागरिकलाई अनाहकमा वा आधारहीन तवरले राज्यले धरपकड गर्छ भने त्यो अन्यायपूर्ण हुन्छ । तर, जब कानुनी प्रश्न उठ्छ र त्यो अदालती प्रक्रियामा जान्छ भने जतिसुकै उच्च ओहोदा वा शक्तिशाली व्यक्ति भए पनि त्यसको सामना गर्नुको विकल्प हुँदैन । 

https://barnanmedia.com/news/detail/176421/

रविको गृहमन्त्री पद धरापमा, सहकारी ठगीमा मुद्दा चलाउने बाटो खुल्दै

गृहमन्त्री रवि लामिछाने र कान्तिपुर दैनिकको ‘वार’ चलेको लामो समय भयो। अघिल्लो पटक गृहमन्त्री हुँदादेखिको वार अझै जारी छ। कान्तिपुरले सहकारी प्रकरणमा रविविरुद्ध समाचार लेखिरहेकै थियो। त्यही बेला कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरण आयो। अनि प्रहरीले तत्काल अनुसन्धान गरेर मंगलबार मात्र सिरोहिया पक्राउ परेका छन्।

सिरोहिया र कान्तिपुरले यो प्रकरणलाई रिसिइबी सोधेको भनेको छ। गिरफ्तारी दिँदै सिरोहियाले रविको अधिनायकबाद मात्र भनेन् समाचार रोक्न आफूलाई पक्राउ गरिएको बताएका थिए।

गृहमन्त्री रविले सिरोहियालाई प्रहरी हिरासतमा त पुर्याए। तर, उनै रवि पनि जोगिन मुस्किल छ। रवि गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी फोरके टिभीको एमडी छँदा उनको नाममा दुईवटा सहकारीबाट गैरकानुनी रुपमा ऋण गएको छ। रविले अस्वीकार गर्दै आए पनि यो सत्य हो, उनी सहकारी ठगीमा संलग्न व्यक्ति हुन्।

कञ्चन क्याम्पसका विद्यार्थीलाई दुनाटपरी बनाउन तालिम

कृष्णपुर नगरपालिका–५ गुलरीयामा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरु दुनाटपरी बनाउने कार्यमा निपुण भएका छन् । विद्यार्थीहरुले दुई दिने तालिम लिएर दुनाटपरी बनाउने सीप सिकेका हुन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सामुदायिक वन समन्वय समितिले विद्यार्थीलाई दुनाटपरी बनाउने तालिम प्रदान गरेको छ ।

 बुधबार र बिहीबार गरी दुई दिन जीवन उपयोगी शिक्षाका लागि तालिम प्रदान गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो । “प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि विद्यार्थीलाई सीप सिकाएका छौँ”, उहाँले भन्नुभयो, “तालिममा सहभागी ६० बढी विद्यार्थीले दुनापटरी बनाउने सीप सिकेका छन् ।” 

रविविरुद्ध खनिनु भनेको ‘भंगेरा मार्न तोप बोकेर निस्कनु’ जस्तै हो; नेकपा अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन्। 

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए। 

नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाए।

कांग्रेसजस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भंगेरा मार्न तोप बोकेर जानु सरह भएको उनले टिप्पणी गरे।

थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा सेवा पुःन सुरु

थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो ।

थाई एयरवेजको यात्रा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो ।

रवि लामिछानेको नामका विषयमा प्रतिपक्षी लचक भएको सत्तापक्षको दाबी

सत्तारुढ दलले संसदीय छानबिन समितिको 'टीओआर'मा भोलि सहमति हुने दाबी गरेको छ। बिहीबार बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गृहमन्त्री रवि लामिछानेको नामका विषयमा लचकता देखाएको सत्तापक्षको दाबी छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि साढे ८ बजे बस्ने बैठकले सहमति पत्रमा हस्ताक्षर गर्ने दाबी गरे। उनले पहिलोपटक कांग्रेस लचक भएर प्रस्तुत भएको र 'फेस सेभिङ'का विषयमा सत्तापक्षसँग प्रस्ताव राखेको दाबी गरे।  

'रवि लामिछानेमाथि किटान गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल थोरै लचक हुनुभयो। संसदमा उठिरहेको विषयमा ठीक ढंगले सम्बोधन होस् भनेर उहाँहरूले चाहनुभएको छ। यस विषयमा हामीले गठबन्धनमा कुरा राख्छौं,' सञ्चारकर्मीसँग उनले भने।

रामग्रामस्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्रामस्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको  छ । बुद्धजयन्तीको अवसर पारेर आज पश्चिम नवलपरासीस्थित रामग्रामस्तूपको अवलोकन गर्दै मन्त्री तामाङले रामग्रामस्तूप क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रिपरिषद्मा  स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्रामस्तूप क्षेत्रको विसं २०७८ सालमा गुरुयोजना बनाइएको थियो । लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलको विकास र प्रचारप्रसार हुनसके दीर्घकालीनरूपमा यस क्षेत्रको विकास हुनसक्ने मन्त्री तामाङको भनाइ थियो । बुद्धसँग जोडिएका ऐतिहासिकस्थलको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य जरूरी रहेकामा मन्त्री तामाङको जोड थियो । 

सहकारी ठगीको विषयमा छानबिन समितिको कार्यादेशमा जुटेन सहमति, भोलि पुनः छलफल

सहकारी ठगीको विषयमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा दलहरूबीच सहमति नजुट्दा छानबिन अनिश्चित बनेको छ ।

बिहीबार बसेको कार्यदलको बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैंलाले शुक्रबार बिहान फेरि बस्ने गरी उठेको जानकारी दिए ।

उनका अनुसार बैठक भोलि शुक्रबार बिहान ८ः३० बजे बस्नेछ ।

कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो । त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो । उहाँहरूको आन्दोलनको सम्बोधन ठीक ढंगबाट होस् भन्ने चाहना । हामी पनि आज पनि छलफल गर्छौं, उहाँहरू पनि गर्नुहुन्छ ।’

रास्वपाका खनाल भन्छन् ‘टीओआर’ बनाउन अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट संसदीय समितिको टीओआर निर्माण समितिका सदस्य रहेका रास्वपाका सांसद शिशिर खनालले नेपाली कांग्रेसलाई गृहमन्त्रीको नाम नराखी ‘टीओआर’ बनाउन अनुरोध गरेको बताए । 

उनले व्यक्ति तोकेर गृहमन्त्रीको नाम राख्दा उनी दोषी छन् तर, कति हदसम्म भनेर मात्र छानबिन गरेको जस्तो ‘प्रि–जुडिस’ हुन्छ भनेर नाम नराख्न गरेको आग्रहमा कांग्रेस सकारात्मक देखिएको बताए ।

“हामीले सुरुदेखि नै राखेको कुरा व्यक्तिको नाम नतोकौँ भनेर भनिरहेका छौँ, नेपाली कांग्रेसले आफ्नो अडान छोडेको छैन,” खनालले भने, “प्रतिपक्षले सदनमा प्रश्न उठाइसकेपछि समिति बनाउने र छानबिन गर्ने कुरा त हुने नै भयो । तर, नाम तोकेर नजाऔँ भनेर अनुरोध गर्दा उहाँहरू सकारात्मक हुनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।” 

कार्यदलको बैठक निष्कर्षविहीन

कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बिहीबार बसेको निष्कर्षविहीन भएको हो ।

बैठक भोलि बिहान बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले जानकारी दिए ।

इजराइलले प्यालेस्टिनी बैंकहरू बन्द गरे ‘मानवीय सङ्टक’ उत्पन्न हुने येलेनको चेतावनी

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार इजराइलले प्यालेस्टिनी बैङ्कहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुनसक्ने चेतावनी दिनुभएको छ । 

“म विशेषरूपमा इजराइलको कारबाहीको धम्कीबाट चिन्तित छु, यसले प्यालेस्टिनी बैङ्कहरूलाई उनीहरूको इजराइली सम्पर्कका बैंकसँग विच्छेद गराउँछ”, जि७ का वित्तमन्त्रीहरूको बैठक हुने इटालीको स्ट्रेसामा उहाँले पत्रकारहरूसँग भन्नुभयो, “इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित करिब आठ अर्ब डलर आयात गर्न सक्षम यी बैंकिङ च्यानल लेनदेन प्रशोधन गर्न महत्त्वपूर्ण छन्, साथै यी च्यानलले प्यालेस्टिनीहरूको जीविकोपार्जनमा निर्भर रहेको निर्यातमा एक वर्षमा करिब दुई अर्ब डलरको सुविधा दिन्छन् ।”

सिरोहियालाई पक्राउप्रति निजी क्षेत्रले भन्यो– उजुरीकै भरमा पक्रिएर थुन्ने कामले राम्रो सन्देश दिएन (विज्ञप्ति)

 कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति निजी क्षेत्रले आपत्ति प्रकट गरेको छ ।

आज बिहीबार नेपाल उद्योगा वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको हो ।

‘सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौँ । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्पm हामी ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

विगत देखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने भन्दै आइरहेको छ । ‘उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।