२० करोडको टैक्स चोरीमा लिप्त भएको पाइए मानिसहरुको मसीहा सोनू सूद

बलिउड एक्टर सोनू सूद अहिले चर्चामा छन् । वास्तवमा तेश्रो दिन सम्म उनको घरमा इनकमा टैक्सको छापामारी भएको थियो । यसपछि सबैलाई अचम्भित पार्ने खुलासा भएको छ । वास्तवमा हालसालै विभाभगले प्रेस कन्फ्रेन्स गरेर जानकारी दिएको छ कि एक्टर सानू सूद २० करोड रुपैयाँभन्दा बढी टैक्स चोरीमा लिप्त पाइएका छन् । छापामारी पछि सीबीडीटी (केन्द्रिय प्रत्यक्ष कर बोर्ड) ले जानकारी दिदै भनेको छ, “बलिउड अभिनेताहर र उनको सहयोगीहरुको परिसरको खोजीको दौरान चोरीसँग जोडिएको प्रमाण मिलेको हो ।”

साथै सीबीडीटीले यो पनि जानकारी दिएको छ कि “मुम्बई, लखनउ, कानपुर, जयपुर, गुरुग्राम र दिल्ली समेत कुल २८ ठाउँमा लगातार तीन दिनसम्म छापामारी भएको थियो । उनी फर्जी र असुरक्षित कर्जाको रुपमा बेहिसाब पैसा जम्मा गरिरहेका थिए । बलिउड अभिनेता सोनू सूद माथि लागेको आरोप अनुसार सोनू सूद चैरिटी फाउण्डेशनको स्थापना कोरोना महामारीबाट प्रभावित मानिसहरुको लागि मद्दतको लागि भएको थियो । उनले गएको साल जुलाईमा र अप्रिलसम्म कोभिडको पहिलो लहरको दौरान १८ करोडभन्दा अधिक दान दिएका थिए । यस वर्ष १.९ करोड रुपैयाँ राहत कार्यमाथि खर्च गरेका थिए र शेष १७ करोड रुपैयाँ गैर लाभकारी बैंकमा अप्रयुक्त राखिएको थियो ।”

तपाई सबैलाई यो कुरा पनि बताइदिउँ कि सोनू सूद र उनको साथीहरुले कोरोना कालमा मानिसहरुको मद्दत गरेका थिए । यस कारणले सोनूलाई मसीहा पनि भनेका थिए । सोनू दिल्ली सरकारको मेंटर प्रोग्रामको ब्राण्ड एम्बेसडर पनि हुन् ।