हुरीबतासले विद्यालयको छाना उडायो
हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभूत विद्यालयको भवनको छानो उडाएको हो ।
विद्यालयको पाँचकोठे भवनमध्ये दुई कोठाको छानो हुरीबतासले उडाउँदा पूर्ण रूपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार बाँकी तीन कोठाको छानो पनि आंशिक रूपमा क्षति भएको छ ।
हुरीबतासले विद्यालय भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा दुईकोठे कार्यालय भवन र पाँचकोठे भवनमात्रै रहेको प्रअ चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ५२ विद्यार्थी अध्ययनरत छन् । छानो मर्मत नहुँदासम्म पठनपाठनमा समस्या हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया