सुदूरपश्चिम प्रदेश सभा बैठकमा नेपाली कांग्रेसले अवरोध खडा

काठमाडौं— सुदूरपश्चिम प्रदेश सभा बैठकमा नेपाली कांग्रेसले अवरोध खडा गरेको छ। 

आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो। तर कांग्रेसले सुरुमै अवरोध खडा गरेको थियो। 

कांग्रेसले वर्तमान सरकारको गठन असंवैधानिक तरिकाले सरकार गठन गरिएको भन्दै बैठकमा अवरोध खडा गरेको हो।  

प्रदेश प्रमुख र सभामुखको व्यवहार अपमानजनका रहेको कांग्रेसको टिप्पणी रहेको छ।

३० मिनेटका लागि बैठक स्थगित गरिएको छ।