न्यायाधीशको संख्या घटेसंगै सर्वोच्चमा सुनुवाई प्रभावित

काठमाण्डौं, जेठ ३: सर्वाेच्च अदालतमा न्यायाधीशको सख्या घटेसंगै सुनुवाई प्रभावित हुन थालेको छ । सोमबार र मंगलबारको टे«ण्ड समीक्षा गर्दा न्यायाधीशको संख्याले मुद्दाको संख्या घटाउन वा बढाउन सक्दोरहेछ भन्ने स्पष्ट देखिएको छ । 

मंगलबार सर्वाेच्च अदालतमा साप्ताहिक पेशी सूचिमा चढेका ४ सय ९ मुद्दामध्ये १ सय १ वटा दैनिक पेशी सूचिमै नचढि स्थगीत भए भने दैनिक पेशी सूचिमा चढेका ३ सय ८ वटा मुद्दामध्ये २५ वटा मुद्दा मात्रै फैसला भएका छन् ।

मंगलबार पेशीमा चढेका मुद्दामध्ये १ सय ६१ वटा हेर्दाहेर्दैमा परेका छन् भने ७ वटामा प्रक्रियागत आदेश र १२ वटा स्थगित भए । तीमध्ये ९३ वटा मुद्दा न्यायाधीशको समयाभावले हेर्न नभ्याउनेमा परेका थिए । 

पछिल्ला सायमा न्यायाधीशहरुको लगातार अवकाश हुन थालेपछि सर्वोच्च अदालतमा चारवटा पद खाली भइसकेका छन् । प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वाेच्च अदालतमा सत्रजना वहाल रहेकामा केही न्यायाधीश विरामी विदामा रहेका र केही अपर्झटका व्यक्तिगत कारण परी अदालतमा उपस्थित हुन असथर्म भएका छन् । 

सर्वाेच्चमा मंगलबार उपस्थित भएका चौध न्यायाधीशमध्ये प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी र मनोज शर्माको संवैधानिक इजलास बस्यो भने त्यसबाहेकका तीनवटा र्संयुक्त इजलास र एउटा मात्रै एकल इजलास बसेको थियो । 

सोमबारको कारबाहीको अवस्था पनि नाजुक नै थियो  । दैनिक पेशीमा चढेका जम्मा ३५१ वटा मुद्दामध्ये सतचालिसवटा फैसला भए भने २० वटा हेर्दाहेर्दैमा गए । तीमध्ये ११ वटामा आदेश भएका थिए भने सोही दिन ३ वटा मुद्दा कानुन व्यवसायीबाट स्थगितमा परेका थिए ।  पेशीमा चढेका मध्ये २८ वटा हेर्न नमिल्नेमा परेका थिए भने साप्ताहिक पेशीमा चेढका मुद्दामध्ये ६७ वटा त दैनिक पेशी सूचिमै चढ्न नपाई स्थगितमा परेका थिए । 

सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराईले अनिवार्य अवकाश लिनुअघिको कुलिङ पिरियडको रुपमा सोमबारदेखि बिदा थालेपछि धेरै मुद्दा दैनिक सूचिबाट स्थगित हुन थालेका छन् ।

स्टीङ अर्पेसन सम्बन्धी मुद्दामा संवैधानिक इजलास नै सपिङ गरिएको भनिएको फेक अडियो रेकर्डको मुद्दाको निक्र्याैल नहुंदै बरिष्ठ न्यायाधीश डा. भट्टराई अवकाश अघिको बिदामा गएका हुन । फेक  अडियो काण्ड सार्वजनिक गरेको सिधाकुराडटकमका विरुद्धमा सर्वाेच्च अदालतमा दायर भएको अवहेलनाको मुद्दामा बयानको कारबाही भइरहेको छ । 

असार १ गते ६५ बर्ष पूरा गरी अनिवार्य अवकाशमा जान लाग्नुभएका भट्टराईले इजलास छाडि फैसला लेखनमा लागिसक्नुभएको छ ।  जीवनभर इमान्दार न्यायाधीशको रुपमा छवि बनाएका भट्टराई पनि अवकाश अघि विवादमा तानिनुभएको छ । 

प्रधानन्यायाधीश सहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्ति गर्नुपर्ने अवस्था भएपनि न्यायिक नेतृत्वले भने नियुक्तिमा खासै चासो नदिएको शुत्रहरुको दावी छ । एक त भट्टराई अवकाशको मुडमा हुनुहुन्छ भने अर्काेतर्फ अवकाशमा जान लागेको न्यायाधीशबाट नियुक्ति गर्ननहुने आवाज न्यायालयभित्रै उठेको छ ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ४ ले सर्वाेच्च अदालतको कुनै न्यायाधीश अवकाशमा जाने भएमा त्यसको एकमहिना अघि नै सो खाली हुन गइरहेको पदमा सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था छ ।