चारजना एमोच्योर्ड अन्तरीक्षयात्री स्पेस-एक्स रकेट कम्पनीको क्याप्सुलमार्फत आज अन्तरीक्षतर्फ प्रस्थान

काठमाडौं । चारजना एमोच्योर्ड अन्तरीक्षयात्री स्पेस-एक्स रकेट कम्पनीको क्याप्सुलमार्फत आज अन्तरीक्षतर्फ प्रस्थान गरेका छन् । 

एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो ।फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट आज बिहान प्रक्षेपण भएको उक्त अन्तरीक्ष जहाजमा एकजना अर्बपति र तीनजना सर्वसाधारण छन् । अबको तीन दिन उनीहरुले अन्तरीक्षमा रहेर पृथ्वीको परिक्रमा गर्नेछन् ।

स्थानीय समय अनुसार बुधबार राति ८ बजे स्पेस एक्सको रकेटमार्फत उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो । यो मिसनमा २९ वर्षीया हेले अर्सेनियूस, ५१ वर्षीया सियान प्रोक्टर र ४२ वर्षीय क्रिस सेमब्रोस्की छन् ।