वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

केन्द्रमा प्रचण्डसँग मिल्दा पनि उपेन्द्र यादवले जोगाउन नसक्ने भए मधेसको सत्ता

प्रधानमन्त्रीको सपना बोकेर गठबन्धनमै घात गर्न थालेपछि पार्टी विभाजनको चोट खेपेका जसपा अध्यक्ष उपेन्द्र यादवमाथि अर्काे संकट आइलागेको छ। अशोक राई समूहले नयाँ पार्टी दर्ता गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नै मिलेर जाने उदघोष गरेका यादवले मधेसमा सत्ता गुमाउने भएका हुन्। यादवको राजनीति शक्ति नै मधेस हो, उनी मधेस आन्दोलनबाट उदाएका नेता हुन्।

तर, गठबन्धनमै रही उप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री बनेका यादवले आफ्नै खुट्टामा बन्चरो हानेपछि अब एमाले र माओवादीले मधेसमा जसपा नेतृत्वको सरकारमा नरहने सहमति गरेका छन्। मधेसमा सबैभन्दा ठूलो दल एमाले रहे पनि गठबन्धनको सहमतिका आधारमा १९ सिटको जसपाले सरकार चलाइरहेको थियो।

https://barnanmedia.com/news/detail/175024/

घूस लिएको अडियो र भिडियोका आधारमा इञ्जिनियरलाई तीन महिना कैद

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा करार सेवामा कार्यरत इञ्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । अरविन्द कुमार यादवलाई विशेष अदालतले घूस लिएको भन्दै सजायसमेत सुनाएको छ । 

बिहीबार विशेष अदालतले गत वर्ष १५ साउनमा दायर मुद्दामा फैसला गरेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायण सिंह राईको इजलासले यस मुद्दामा फैसला गरेको छ । 

https://barnanmedia.com/news/detail/175026/

पाँच लाख घूस लिएको पुष्टि भएपछि वडाध्यक्षलाई डेढ वर्ष कैद

जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायण सिंह राईको इजलासले यस्तो फैसला गरेको हो । 

जितपुरसिमरा वडा नं. ३ का अध्यक्ष ताराबहादुर कार्कीलाई विशेषले सजाय सुनाएको हो । उनलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय तोकेको छ भने घूस लिएको रकम जरिवाना तिराउने भएको छ । 

https://barnanmedia.com/news/detail/175027/

नेपाल टेलिकमलाई नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न निर्देशन

 नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।

नेपाल टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहेको र नयाँ अनुमतिपत्र के कसरी जारी गर्ने भन्ने विषयमा नीतिगत अन्योल रहेका बेला मन्त्रिपरिषद्ले नयाँ लाइसेन्स दिन भनेको हो। 

खेलकुदमा भ्रष्टाचारः के हेर्दै छ अख्तियार ?

गत वर्षको असोजमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र अफिसियलका लागि खरिद गरिएको ट्रयाक सुटमा घोटाला भएको विवरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको धेरै भइसकेको छ ।

आन्तरिक खेलकुदको महाकुम्भको रुपमा लिइने राष्ट्रिय खेलकुद ०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा भएको थियो । राष्ट्रिय खेदकुद परिषद् (राखेप) ले ११ हजार सेट ट्रयाक सुट, भेस्ट र जुत्तामोजाका लागि प्लस प्वाइन्ट ट्रेडिङलाई ठेक्का दिएको थियो । 

https://barnanmedia.com/news/detail/175035/

खोलिदैंछ माओवादीका दिनमणि प्रधानन्यायाधीश छानिने बाटो

महान्यायाधीवक्ता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकटका वकिल दीनमणि पोखरेल माओवादीको तर्फबाट बन्ने पहिलो प्रधानन्यायाधीशको बाटो खोलिदैँ गएको चर्चा न्यायवृत्तमा चलिरहेको छ । 

बरिष्ठ अधिवक्ता बनीनसकेको दावी गर्दै उनलाई सर्वाेच्च अदालतको न्यायाधीशमा रोक्दैआएका सर्वाेच्च अदालतका दुई बरिष्ठ न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको अवकाशसंगै महान्यायाधीवक्ता पोरखेलको नियुक्तिको बाटो खुल्दै गएको शुत्रहरुको दावी छ ।

https://barnanmedia.com/news/detail/175037/

भारत छिर्ने कैलालीका सीमा नाका आज बन्द

 भारतमा भइरहेको लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

रामेछापको  चार हजार पाँच सय  हेक्टर वन सखाप

 एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् । यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने

 नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ । 

आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

प्रधानमन्त्रीले सत्ता जोगाउन गृहमन्त्रीलाई जति काँध हाले पनि अन्तत:सहकारी ठगी प्रकरणमा मुछिए

  प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन गृहमन्त्री रवी लामिछानेलाई जति काँध हाले पनि अन्तत: उनी सहकारी ठगी प्रकरणमा मुछिएको विषय ढाकछोप गर्नै नमिल्ने भएको छ । 

हालै पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्रीसमेत जोडिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई बुझाएको छ। महान्यायाधिवक्ताको कार्यालय पनि अभियुक्त रवीलाई बचाउन प्रयोग भएको पनि छर्लङ्ग भएको छ । एउटा रवीको कारण सिंगो सरकार र माओवादी पार्टी सति जाने स्थिति देखिएको छ । 

https://barnanmedia.com/news/detail/175053/

रेशम चौधरीको रिट न्यायाधीश प्रधान र ढकालको इजलासमा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएको भनी दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ।

आफूलाई नाउपाको अध्यक्षमा मान्यता नदिएपछि चौधरीले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो। 

कांग्रेसको संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय

नेपाली कांग्रेसको संसदीय दलको बैठकले रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले आजदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा लामिछानेलाई रास्वपाको सभापतिको हैसियतमा बोल्न दिने निर्णय गरेको हो ।

सुदूरपश्चिममा ठूला योजना बजेटको पर्खाइमा

 कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलसँगै पहुँच मार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ का सडक विभागमा फाइल पेस गरेको छ । फिल्डमा निर्माण व्यवसायीले काम गरिरहेका भए पनि काम गरेबापत दिनुपर्ने रकम भने योजना कार्यालयसँग उपलब्ध छैन । 

रु तीन अर्ब ६६ करोडभन्दा बढी लगानीमा निर्माणको अन्तिम चरणमा रहेको महाकाली नदीको पक्की पुल सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी लगानीको आयोजना पनि हो । तर पछिल्लो समय ‘भेरिएसन अर्डर’बारे मन्त्रिपरिषद् बैठकले समयमै निर्णय नगर्दा आयोजना निर्माण अवधि धकेलिँदै गएको छ । 

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

 लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ । 

पार्टीको आज बसेको संसदीय दलको बैठकले सहकारीको अर्बौ रकम हिनामिनामा हुँदा लाखौँ बचतकर्ता प्रत्यक्ष प्रभावित भएकाले अविलम्ब समिति गठन हुनुपर्ने माग गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले  जानकारी दिनुभयो ।

अभियोग स्पष्ट किटान नहुँदा सरकारी वकीललाई ध्यानाकर्षण, अख्तियार प्रमुखलाई पत्राचार

भ्रष्टाचारको एक मुद्दामा फैसला गर्दै विशेष अदालतले विशेष सरकारी वकीलको कार्यालयका अभियोजनकर्ताको ध्यानाकर्षण गराएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई पत्राचार गर्नसमेत आदेश भएको छ ।  बिहीबार बाँकेको नरैनापुरस्थित एक विद्यालयमा भएको भ्रष्टाचार मुद्दामा यस्तो फैसला भएको हो । चार महिना अघि दायर मुद्दामा फैसला गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायण सिंह राईको इजलासले यस्तो आदेश गरेको हो । 

यस मुद्दामा विशेषले आंशिक ठहरको फैसला गरेको हो । दुईमध्ये एक प्रतिवादीमाथि कसूर कायम भएको छ भने अर्का एकले सफाइ पाएका छन् । स्पष्ट आरोप किटान नभएकै कारण सफाइ दिइएको विशेषले जनाएको छ ।  फैसलामा भनिएको छ, ‘यस्तो आरोपदाबीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धित आरोपपत्र तयार पार्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउँदै प्रमुख आयुक्तलाई जानकारी लेखी पठाइदिने ।’

https://barnanmedia.com/news/detail/175099/

अभियोग स्पष्ट किटान नहुँदा सरकारी वकीललाई ध्यानाकर्षण, अख्तियार प्रमुखलाई पत्राचार

भ्रष्टाचारको एक मुद्दामा फैसला गर्दै विशेष अदालतले विशेष सरकारी वकीलको कार्यालयका अभियोजनकर्ताको ध्यानाकर्षण गराएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई पत्राचार गर्नसमेत आदेश भएको छ ।  बिहीबार बाँकेको नरैनापुरस्थित एक विद्यालयमा भएको भ्रष्टाचार मुद्दामा यस्तो फैसला भएको हो । चार महिना अघि दायर मुद्दामा फैसला गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायण सिंह राईको इजलासले यस्तो आदेश गरेको हो । 

यस मुद्दामा विशेषले आंशिक ठहरको फैसला गरेको हो । दुईमध्ये एक प्रतिवादीमाथि कसूर कायम भएको छ भने अर्का एकले सफाइ पाएका छन् । स्पष्ट आरोप किटान नभएकै कारण सफाइ दिइएको विशेषले जनाएको छ ।  फैसलामा भनिएको छ, ‘यस्तो आरोपदाबीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धित आरोपपत्र तयार पार्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउँदै प्रमुख आयुक्तलाई जानकारी लेखी पठाइदिने ।’

https://barnanmedia.com/news/detail/175099/

कोशी सरकार गठन विवाद ः थाम्ने थमाउने म्यादसमेत नदिइ १० दिनभित्र जवाफ माग, अन्तरिम दिन अस्वीकार

कोशी सरकार विवादका विषयमा सर्वोच्च अदालतले शीघ्र सुनुवाइका लागि आदेश गरेको छ । एकल इजलासबाट शुक्रबार उक्त विषयमा सुनुवाइ भएकोमा कारण देखाउ आदेश जारी भएको हो । 

बिहीबार दायर रिटमाथि हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो । केदार कार्कीद्वारा दायर रिटमाथि विपक्षीहरुबाट लिखित जवाफ माग भएको छ भने अर्को पेसीको मितिसमेत तोकिएको छ । 

https://barnanmedia.com/news/detail/175109/