पृथ्वीचन्द्र अस्पतालमा शय्याको अभाव

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्ध चोकस्थित पृथ्वीचन्द्र अस्पतालमा बिरामी बढेपछि शय्याकोअभाव भएको छ । गर्मी बढेसँगै जिल्ला अस्पतालमा आउने बिरामी सङ्ख्या वृद्धिभएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा किरण पाण्डेले जानकारी दिनुुभयो । उहाँका अनुसार ५०  शय्याको अस्पतालमा श्ययाभन्दा बढी बिरामी भएपछि उपचार गर्नमा समस्या भएको छ । बिरामीका चाप बढेपछि एउटै श्ययामा दुुई बिरामीलाई सँगै उपचार गर्दा उपचार गर्नमा असहज भएको छ । जिल्ला अस्पतालको रुपमा रहेको  अस्पतालमा स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनको लागि एक सय शय्याको  अस्पताल निर्माण गर्न आवश्यकता छ ।

    भएको शय्यामध्ये ३० प्रतिशत शय्या आपत्कालीन घटनाको लागि खाली राख्नुुपर्नेमा बिरामीको सङ्ख्या बढदै गएपछि शय्या थप्न जरुरी छ । नाक, कान, दाँत, हड्डी, सरजन, बालरोग, स्त्री रोग विशेषज्ञलगायतका विशेषज्ञ चिकित्सक हुुँदाहुँदै अस्पतालमा  शय्या नहुुँदा बाध्य भएर बुटवल, भैरहवा, भरतपुर लगायतका स्थानमा उपचारका लागि बिरामीलाई पठाउन परिरहेको डा पाण्डेले बताउनुुभयो । 

    नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा लैङगिक हिंसामा परेका महिलाहरुलाई निशुल्क उपचारको व्यवस्था रहेको छ जनाउँदै उहाँले भन्नुभयो, “परिवार नियोजन, खोप सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवालगायत सुविधा समपन्न प्रयोगशालाको पनि व्यवस्था रहेको छ । ’’

    दैनिक विभिन्न रोगका चार सय बिरामी अस्पतालमा सेवा लिइरहेका छन् । एक करोडभन्दा बढी स्वास्थ्य बीमावापतको रकम सरकारले अस्पताललाई भुक्तानी नदिएपछि बिरामीलाई उपचार गर्न समस्या भई रहेको  जनाउँदै रकम अभावकै कारण अस्पतालले तत्काल गर्नुुपर्ने औषधि खरिद गर्न नसकेको अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले जानकारी दिनुुभयो ।