सूर्यदर्शन सहकारी प्रकरण:मेयर धनराज आचार्यद्वारा एसपी थापालाई प्रतिवेदन हस्तान्तरण

 सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएको छ । अनुसन्धानबाट पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदन आज मेयर धनराज आचार्यले कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई बुझाएका छन् । 

आज भएकाे एक कार्यक्रमका बिच मेयर आचार्यले एसपी मोहन थापालाई प्रतिवेदन बुझाएका छन् । प्राप्त विवरण र सफ्ट्वेयरहरु हेरेर रिपोर्ट लेखिएको र रिपोर्ट अनुसार केहि नयाँ प्रतिवादीहरू थपिएकाे अध्ययन समितिका एक सदस्यले बताएका छन्।

तर पीडितहरू भने अनुसन्धान राम्रो नभएकाे गुनासाे गरेका छन्।केही व्यक्तिहरूलाई नियोजित रूपमा जोगाउने प्रयास गरिएको  पीडितहरूले आरोप लगाएका छन्।संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘पूरक अनुसन्धानबाट राहत पाइएला भनेको झनै समस्या होला जस्तो छ ।’