वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

वनका क्याडर सचिवलाई पशुपन्छीमा सरुवा, ८ दिनमा घर जान लागेका सचिवको पनि सरुवा

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड भन्छन् एक गर्छन् अर्के। हुन् त माओवादीहरूकै शैली नै हो, सशस्त्र द्वन्द्वमा पूर्वमा हल्ला फिजाउने अनि पश्चिममा आक्रमण गर्ने। माओवादी शान्ति प्रक्रियामा आएर सत्ताको राजनीतिको चास्नीमा रमाउन थालेको दुई दशक हुन लाग्दा पनि शैली भने उही पुरानै छ। जे गर्दैन भन्छन् त्यो सुरुमा गर्छन् अनि जे गर्छु भन्छन् त्यो कहिल्यै गर्दैनन्।

त्यसको पछिल्लो दृष्टान्त हो, सचिवहरूको सरुवा। प्रचण्ड कर्मचारी स्थिर सरकार रहेको र आफू हस्तक्षेप नगर्ने भनेर भाषण गर्दै हिँडेका प्रचण्डले वैशाख २० मा सचिवहरूको सरुवा गरेर जात्रै गरेका छन्।

https://barnanmedia.com/news/detail/174920/

शीतलनिवासमा बसेर कसको सेवा गर्दै छन् चिरञ्जीवी नेपाल ?

कुनै पनि राष्ट्रवादी नागरिक घरेलु मामिलामा आलोचना समालोचना गर्छ । बाह्य मामिलामा आफ्नो देशको पक्षमा बोल्छ । आफ्नो देशको छवि उजिल्याउन लागिपर्छ । आफ्नो देशको दाबीलाई बलियो बनाउन आफ्नो क्षेत्रबाट योगदान गर्छ । 

तर नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको काखमा बसेर पूर्वगभर्नर चिरञ्जीवी नेपाल भने आफ्नै देशविरुद्ध बोल्दै हिँडेका छन् । सरकारले एक सय रुपैयाँको नोटमा भएको पुरानो नक्साको सट्टा अब छापिने नयाँ नोटमा नक्सा पनि संविधानमा भएबमोजिमको राख्ने निर्णय गरेपछि नेपाल देशविरुद्ध बोल्दै हिँड्न थालेका हुन् । 

https://barnanmedia.com/news/detail/174921/

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभयो । उहाँ हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।

    “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले रासससँग भन्नुभयो । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

https://barnanmedia.com/news/detail/174924/

कोशीका मुख्यमन्त्रीले विश्वासको मत नलिएकाले पदमुक्त भएको निष्कर्ष,नयाँ सरकार गठनको आह्वान

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरी दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

देशैभरका अदालतमा छपन्न न्यायाधीश पद खाली, नियुक्तिमा ढिलाई

सर्वाेच्च अदालतका चार सहित देशैभरका तीन तहका अदालतमा छपन्न पद खाली भएका छन् । 

सर्वाेच्च अदालतमा चार, उच्चमा आठ जिल्लामा चौवालिस पद खाली छन् । न्यायपरिषद् ऐन, २०७३ मा कुनै न्यायाधीश खाली हुने भए नयां नियुक्तिको लागि एक महिनाअघि सिफारिस गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म पनि त्यस्तो कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । 

https://barnanmedia.com/news/detail/174928/

५ सय १९ जना इन्सपेक्टरको सरुवा [सूचीसहित]

 नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवा गर्ने निणर्य गरेका हुन्।

https://barnanmedia.com/news/detail/174931/

२७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई सोधियो स्पष्टिकरण

 प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

सार्वजनिक निकायहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै,के छ छलफलको एजेण्डा ?

 नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएकाे छ। बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने भएकाे हाे।

शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा परेकाे रिटकाे सुनुवाइ आज नहुने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज (बिहीबार) सुनुवाइ नहुने भएको छ।

न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि आज सर्वाेच्चका  कुनै पनि इजलास नबस्ने भएका कारण उक्त रिट सुनुवाइ नहुने भएको हो।

सुन तोलामा रु आठ सयले घट्यो

 स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ । 

    त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । 

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

 प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ ।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार कार्कीले माओवादीको सहयोगमा आजै सरकार गठनको दाबी गरेका थिए ।     प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।

बालमन्दिर जग्गा प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न मंगलबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएको थियो । सीआईबी एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले अदालतले बुधबार २० जनाविरुद्ध पक्राउ अनुमति दिएको बताए । बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी भएको छ । विशाल ग्रुपका सदस्यहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी

पक्राउ पुर्जी जारी भएकामा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह, तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपमहासचिव सुमन शाक्य, तत्कालीन सदस्य एवम् स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, श्याम कुमार आले छन् ।

https://barnanmedia.com/news/detail/174977/

बिहीबार ५.६३ अंकले बढ्यो नेप्से परिसूचक

साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० वटा उपसमुह बढेको छ भने बाँकी ३ वटा उपसमुहमा गिरावट आएको छ ।

विहीबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड सबैभन्दा अग्रस्थानमा रहेको छ।  कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । आजको दिन ओरियन्टल होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४६ प्रतिशतले बढेको छ ।

सर्वाेच्चद्वारा पूर्वन्यायाधीश सिजापतिको निधानप्रति दुःख व्यक्त

सर्वोच्च अदालतको पूर्ण बैठकले  सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजङ्ग सिजापतिको निधनप्रति दुःख व्यक्त गरेको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सम्पूर्ण न्यायाधीशहरूको आज बसेको बैठकले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । पूर्वन्यायाधीश सिजापतिको ८३ वर्षको उमेरमा बुधबार निधनको भएको थियोे । न्यायाधीश सिजापतिले २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियोे ।

कोशी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार रामबहादुर राना र गणेश उप्रेतीले मन्त्री पदको शपथ लिएका हुन् । 

उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् । यसअघि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राना र उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । 

उच्च अदालतका तीन न्यायाधीशहरुको सरुवा

 उच्च अदालतका तीन न्यायाधीशहरुको सरुवा भएको छ।

बिहीबार बसेको न्यायपरिषद्को बैठकले तीन न्यायाधीशको सरुवा गरेको हो। जसमध्ये २ जनाको काज सरुवा गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ। 

https://barnanmedia.com/news/detail/175011/