सबैभन्दा ठूलो क्यामेरा सेन्सर रहेको आईफोन १३ सार्वजनिक, के के छन् फिचर्स ?

काठमाडौँ । एप्पलले सबैभन्दा ठूलो क्यामेरा सेन्सर रहेको आईफोन १३ सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको बीच आईफोन १२ सँगै मिल्दो जुल्दो आइफोन १३ सार्वजनिक गरेको हो ।

यस्ता छन् आइफोन १३ का फिचरहरु

यसमा ठूलो ब्याट्री पनि रहेको छ । पछाडिको क्यामेरा मोड्युल पनि रिडिजाइन गरिएको छ । यो कालो, सिल्भर, रातो, निलो र पिकं रङ्गमा उपलब्ध रहेको छ । आईफोन १३ को मूल्य ७९९ डलर तोकिएको छ ।

आईफोन १३ मा ६.१ इन्चको स्क्रीन रहेको छ र आईफोन १३ मिनीमा ५.४ इन्चको स्क्रीन रहेको छ । आईफोन १३ मा एप्पलले पहिलो पटक डुअल ईसिम पनि सपोर्ट गर्ने भएको छ ।

यस चिपमा दुईटा नयाँ हाई परफोरमेन्स कोर, चार ओटा एफीसियन्सी कोर, छिटो चल्ने फोर कोर ग्राफिक प्रोसेसर र छिटो चल्ने न्यूट्रल इन्जिन रहेको छ । एपपलमा नयाँ पाईड क्यामेरा सेन्सर र लेन्स रहेका छन् ।

एप्पलका अनुसार यो डुअल क्यामेरा प्रणालीमा प्रयोग गरिएको सबै भन्दा ठूलो क्यामेरा सेन्सर रहेको छ । यसमा पहिलेको फोनभन्दा बढि पिक्सेल रहेको छ । आईफोन १३ मा सेन्सर सिफ्ट अप्टिकल ईमेज स्टाबिलाईजेसन प्रणाली पनि रहेको छ जुन गत साल आईफोन १२ म्याक्सलाई दिईएको थियो ।

एप्पलले आईफोन १३ को ट्रु डेफ्थ क्यामेरालाई पनि रिडिजाइन गरेर सानो बनाएको छ । एप्पलले भिडियो पक्षलाई विशेष ध्यान दिदै सिनेम्याटिक मोड पनि ल्याएको छ । यसले भिडियो खिच्दा अझै स्थीरता प्रदान गर्ने गर्दछ । दुवै फोन १२८ जिबी स्टोरेजका साथ उपलब्ध हुनेछन् ।