सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने जानकारी दिएकी हुन्।

आउँदो जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने उनले बताइन्।