एस्ट्राजेनेकाको ठूलो निर्णय, विश्वभरका बजारबाट कोभिड भ्याक्सिन फिर्ता गरिने

फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको छ ।

कम्पनीले आफ्नो आधिकारिक विज्ञप्तिमा यसलाई विशुद्ध व्यावसायिक निर्णय भनेको छ। एस्ट्राजेनेकाका अनुसार कोभिडका नयाँ भेरियन्टलाई लक्षित गर्ने अन्य धेरै खोप बजारमा उपलब्ध भएपछि माग घटेको छ।

एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेश गरेको कागजातमा पहिलो पटक स्वीकार गरेको छ कि यसको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्छ। कोरोना भ्याक्सिन पाएका धेरैले मिलेर यो औषधि कम्पनीविरुद्ध खोपको साइड इफेक्टको क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन् ।

यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना भ्याक्सिनले मानिसलाई गम्भीर नोक्सान पुर्याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन् ।

तर, धेरै अध्ययनले एस्ट्राजेनेकालगायत विभिन्न कम्पनीको कोरोना भ्याक्सिनले विश्वभर करोडौं मानिसको ज्यान बचाएको दाबी पनि गरेको छ । एस्ट्राजेनेकाले मात्र पहिलो वर्षमा ६० लाखभन्दा बढी मानिसको जीवन बचाएको छ।