जलविद्युत् आयोजनाको पहुँचमार्ग जीर्ण हुँदा समस्या

काठमाडौँ, २५ वैशाखः  म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । 

विश्वको सातौँ अग्लो धवलागिरि (८१६७ मिटर) हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा १६७ दशमलव तीन मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । 

तिल्केनीचौरदेखि मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–घ्याँसीखर्क हँुदै सेतिनी उपत्यकासम्म जलविद्युत् आयोजनाले उपकरण र निर्माण सामग्री ढुवानी गर्न बनाएको सडक साँघुरो, धुलो र ग्रेड नमिलेका कारण जोखिमयुक्त बनेको रघुगङ¬्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाहीले बताउनुभयो । 

“पहुँचमार्ग मर्मत र स्तरोन्नति गर्न जलविद्युत् आयोजनाले उदाशिनता देखाउँदा जोखिम बढेको छ”, उहाँले भन्नुभयो “मौवाफाँटदेखि दग्नाम जोड्ने बुग्ल, दवाङभित्र क्षेत्रको सडक सबैभन्दा जोखिमयुक्त बनेको हो । सम्बन्धित जलविद्युत् आयोजनालाई तत्कालन मर्मत गर्न ध्यानाकर्षण गराएका छौँ ।”

रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलव पाँच मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७ दशमल पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट र २१ दशमलव तीन मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । 

जलविद्युत् आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीय सरोकारवालासमेतको गत हप्ता गाउँपालिकाको कार्यालयमा बसेको बैठकले बेनी–जोमसोम सडकखण्डस्थित घुमाउने तालदेखि पिप्ले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ, ग्रेडिङ र ग्राभेलसहित सडक स्तरोन्नति गर्ने सहमति भएको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 
 
घुमाउनेतालदेखि च्यानडाँडासम्मको सडकमा रघुगङ्गा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ र ग्रेडिङ तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युत्को ठेकेदार जेपी एसोसियट्स कम्पनीले घुमाउने तालदेखि झिँ र दग्नाम जाने चोकसम्म तथा रघुगङ्गा माविको सरसाफ्टसम्मको नालीको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । 

त्यसैगरी च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ र ग्रेडिङ तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठुलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

“सडक स्तरोन्नतिको लागत अनुमान तयार गर्ने र नापजाँचमा गाउँपालिकाका प्राविधिकलाई खटाउँछौँ, पटक–पटकको सहमति जलविद्युत् आयोजनाले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “यसपटकको निर्णयलाई पालना गराउन गाउँपालिकाले निरन्तर पहलकदमी लिन्छ ।” 

गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण

गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित

छानबिन समिति बन्न देश छोड्न पर्ने हो : गृहमन्त्री लामिछानेले

छानबिन समिति बन्न देश छोड्न पर्ने हो : गृहमन्त्री लामिछानेले

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस …

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेला…

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामिछाने

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामि…

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र