चोरीको मोटरसाइकलसहित एकजना ट्राफिकको नियन्त्रणमा

काठमाडौंको शंखरापुर नगरपालिका-९ बाट चोरीको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले समातेको छ । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भई हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङ पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनले वास्तविक नम्बर परिवर्तन गरेर बा ८३ प ९० ३७ नम्बर राखेर आइतबार राति मोटरसाइकल चलाइरहेका थिए ।

बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट हराएको थियो । मोटरसाइकल धनी रामेछापको खाँडा देवी गाउँपालिका ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।