नेपाली टोली इङ्ल्यान्डको ‘सी’ टोलीसँग  २–० अन्तरले पराजित

 नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्डको ‘सी’ टोलीसँग पराजित भएको छ।  फिफा विश्वकप तथा एसियन कपको तयारीमा रहेको नेपाली टाेलि सोमबार राति नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान एबीबी स्टेडियममा भएको खेलमा  २–० गोल अन्तरले पराजित भएको हो। 

‘सी’ टोलीसँग नेपाल खेलको पहिलो हाफमा नै २-० ले पछि परेको थियो। 

खेलको आठौँ मिनेटमा निक काम्बाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। १३ औँ मिनेटमा क्यालाम स्टेडको गोलमा नेपाल २–० ले पछि परेको हो।