आठ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने आमा–बा प्रहरीको नियन्त्रणमा

रूपन्देही । रुपन्देहीमा एक दम्पतीले घाँटी रेटेर आफ्नै ८ महिने छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आठ महिना शिशुको हत्या गर्ने आमा एक दम्पतीलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका छन् ।

 प्रहरीले शिशुको हत्या भएको आंशकामा शनिबार नै उक्त दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।