मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो

काठमाडौँ, २४ वैशाख : मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३.८ प्रतिशतले बढी हो । 

   राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जङ्गली डढेलोबाट जलेको छ । मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ । 
   
देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जङ्गल र मैदानमा आगलागीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई खुला ठाउँमा आगो नबाल्न वा भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी दिएको छ ।
   
मङ्गोलियामा कठोर जलवायु विविधता रहेको छ र यहाँ सामान्यतया वसन्त ऋतुको समयमा सुख्खा र हावाहुरी चल्छ ।