रामेश्वर रायलाई : माओवादी केन्द्र छाड्न लाग्नुभएको हो?

काठमाडौँ, २३ वैशाख :शनिबार माओवादी केन्द्रले सर्लाहीको बलरामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख अथिति थिए प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज लीलामणि पोख्रेल, माओवादी नेता एवं मधेस प्रदेशका मन्त्री भरत साह, बाबुराम भट्टराई नेतृत्वको पार्टी छाडेर माओवादी प्रवेश गर्ने तयारीमा रहेका सर्लाही १ बाट निर्वाचित संघीय सांसद महेन्द्र राय यादव, माओवादी नेता शिवपुजन राय, मधेस प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित माओवादीका केन्द्र, प्रदेश र स्थानीय पार्टी कमिटीका दर्जनौँ नेता कार्यकर्ता मञ्चमा उपस्थित थिए।

तर, सर्लाहीकै प्रभावशाली माओवादी नेता रामेश्वर राय यादव भने मञ्चमा देखिएनन्। माओवादीका स्थायी समिति सदस्यसमेत रहेका यादव सर्लाही ३ बाट निर्वाचित पूर्व सांसद तथा मन्त्रीसमेत हुन्। ०७४ सालमा निर्वाचन जितेपछि उनी तत्कालिन नेकपाबाट केपी ओली प्रधानमन्त्री छँदा श्रममन्त्री थिए। 

अध्यक्ष प्रचण्डसमेत उपस्थित पार्टीको महत्त्वपूर्ण कार्यक्रममा नदेखिएका रामेश्वर रायले शनिबार साँझ सामाजिक सञ्जालमा हिन्दी भाषामा लेखे, ‘अपनाना भि सिखो, ठकराना भि सिखो, जहाँ इज्जत ना हो, उहाँ से उठकर जाना भि सिखो। (अर्थात्, अपनाउन पनि सिकौँ, ठोक्न पनि सिकौँ, जहाँ इज्जत हुँदैन, त्यहाँबाट उठेर जान पनि सिकौँ)।

दिउँसो प्रचण्डसमेत सहभागी कार्यक्रमको मञ्चमा नगएका रायले साँझ सामाजिक सञ्जालमा यस्तो लेखेपछि धेरैले उनले माओवादी केन्द्र छाड्न लागेको अनुमान गरेका छन्। उनको स्टाटरको कमेन्टमा धेरैले ‘तपाईंले माओवादी केन्द्र छाड्न लागेको हो?’ भन्ने प्रश्न पनि गरेका छन्। 
तर, यादवले भने आफूले माओवादी केन्द्र छाड्न लागेको हल्ला सत्य नभएको बताए। 

हाल सर्लाहीमै रहेका नेता यादवले नेपालखबरसँग भने, ‘हिजोको मेरो फेसबुक स्टाटस पार्टीभित्रको आन्तरिक संघर्षको एउटा अभिव्यक्ति मात्रै हो,’ उनले भने, ‘यसलाई मैले पार्टी छाड्न लागेको अर्थमा बुझ्नु हुँदैन। मैले त्यस्तो सोचेको पनि छैन।’

सर्लाहीको क्षेत्र नम्बर ४ मा पर्ने बलरामा शनिबार माओवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता माओवादी नेता शिवपुजन रायले गरेका थिए। जब कि सो क्षेत्रको माओवादी पार्टी इन्चार्ज रामेश्वर राय यादव आफैँ हुन्।  

‘म इन्चार्ज रहेको क्षेत्रमा मलाई नै बाइपास गरेर कार्यक्रम गरियो,’ यादवले भने, ‘त्यो कार्यक्रम पार्टीको सिस्टमअनुसार पनि भएन। म कार्यक्रममा त गएको थिएँ, तर दर्शक दीर्घामै बसेँ। मञ्चमा गइँन। यसलाई मैले पार्टी छाड्न लागेको अर्थमा होइन, मैले पार्टीभित्र आन्तरिक लडाइँ लडिरहेको अर्थमा बुझ्दा यथार्थ हुन्छ।’

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्यो

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्…

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नीतिमा परिवर्तन

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नी…

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्र…