डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

काठमाडौँ ।  दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा   सङ्कटमा परेको छ ।  

रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ । रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो । दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।

  बिशेषगरी यो धार्मिक र सामाजिक कार्यमा प्रयोग हुने गर्दछ, चोखा सामग्रीको रुपमा लिइने यी सामग्री, श्राद्ध, रुद्री पुजा, बिवाह व्रतब्न्ध, न्वारान र मृत्यु संस्कारका लागि समेत यो उपयोगी बस्तुका रुपमा मानिन्छ । आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन् । ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उहाँको सोच थियो । 
 
 जिल्लामा विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ । जङ्गलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिका सँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि रु दुई लाख दिएको हो ।

वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की ब्यवसायी सिर्जना कार्की बताउनुहुन्छ । टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भएपनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । तर सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो । घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी हुनुहुन्थ्यो । तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।

ज्ञानुकाले सालको पात प्रतिकेजी रु ३० मा किन्ने गर्नुभएको थियो । त्यसबाट उत्पादन गरेको टपरी रु १० प्रतिगोटा र बोता तथा दुना रु पाँच प्रतिगोटाले बिक्री गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो “अहिले डढेलोले जङ्गल सखाप पा¥यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी वानउनेको रोजीरोटी समेत खोसियो ।”

  रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जङ्गलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताउनुभएको छ । उहाँले जङ्गलमा आगो लगाउनेको पहिचाहन गर्न डिभीजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाईसमेत निर्देशन दिई डढेलो लाग्नबाट वचाउनसमेत अनुरोध गर्नुभयो 

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्यो

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्…

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नीतिमा परिवर्तन

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नी…

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्र…