टी–२० विश्वकप: नेपाली क्रिकेट टिम आज वेष्टइण्डिज जाँदै

आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीवार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेकोमा १२ जनाको टोली आज त्यसतर्फ जान लागेका हुन्।

आज दिउँसो जाने टोलीमा कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने रहेका छन्।

वेष्टइण्डिजमा नेपालले ५ दिन अभ्यास गर्नेछ। त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका जानेछ। टिममाका रहेका अन्य ७ जना खेलाडीसहित ४ जना कफिसियल शनिवार राति २ बजे नै कतार हुँदै वेष्टइण्डिज गइसकेका छन्।

शनिवार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक रहेका छन्।

समूह ‘डी’ मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्नेछ। १२ जुनमा नेपालले श्रीलङ्कासँग फ्लोरिडामा खेल्नेछ। त्यसपछि १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बङ्गलादेशसँग भने वेष्टइण्डिजमा गएर खेल्ने। नेपालले २०१४ पछि टी–२० विश्वकप खेल्न लागेको हो।

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्यो

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्…

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नीतिमा परिवर्तन

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नी…

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु