उत्पादन बढेपछि भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध फुकुवा

भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

सन् २०२४ मा रवि सिजनमा प्याज उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए ।

उपभोक्ता विभागका सचिवका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र खरीप सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ । सरकारी अनुमान अनुसार रवि २०२४ मा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको छ ।

सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।