डडेल्धुरामा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, २ घाइते

डडेल्धुराको नवदुर्गामा गएराति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

 दुर्घटनामा परेर थप दुईजना घाइते भएका छन्। नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर गएराति करिब ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

दुर्घटनामा ट्याक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र धादिङकै रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो। दुर्घटनामा धादिङका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका प्रहरीले जनाएको छ। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्पतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट तल खसेर दुर्घटनामा परेको हो।