गण्डकीका मुख्यमन्त्री अधिकारी आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् ।मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको सुवेदी बताए । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् ।

धिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री  अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।

सभामुखसहित गणना गरेर पुर्याइएको बहुमत असंबैधानीक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रिटलाई सर्वोच्च अदालतले खारेज गर्दै अधिकारीलाई विश्वासको मतमार्फत प्रदेशसभामा बहुमत पुष्टिका लागि अवसर दिएको थियो।