राप्ती नदीमा डुबेर युवतीको मृत्यु

 दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको छ । 

लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् । त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् । मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ