वेस्ट इन्डिज ‘ए’विरुद्ध सागर ढकालले लिए पहिलो विकेट

नेपालले वेस्ट इन्डिज 'ए'विरुद्धको पाँचौ तथा अन्तिम खेलमा पहिलो सफलता हाात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो । 

उसका ओपनर कादिम एलिएन ११ रनमा सागर ढकालको बलमा क्याप्टेन रोहित पौडेलद्वारा क्याच आउट भए ।   पाँच खेलका शृंखलामा क्यारेबियन टोली ३-१ ले अघि छ ।