डिभीको नतिजा आज आउँदै,राति ९ बजे हेर्न सकिन्छ डिभीकाे नतिजा

अमेरिका जान सन् २०२५ का लागि आवेदन दिइएको  अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा(डिभी) तिजा आज प्रकाशित हुँदैछ। नेपाली समय अनुसार वैशाख २२ गते (आज) रातिको ९ बजे बाट आफ्नो कन्फरमेसन नम्बर डिभिको नतिजा हेर्ने वेबसाईटमा प्रविष्ट गरी नतिजा हेर्न सक्न सकिनेछ । 

 नेपालस्थित अमेरिकी दूतावासका अनुसार नतिजा थाहा पाउने यो नै एक मात्र तरिका हो ।यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍याे कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ।दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।

अमेरिकी सरकारले सन् २०२५ मा इडीभी भिसामार्फत लैजानको लागि सन् २०२३ मा नै आवेदन खुलाएको थियो।नेपालीले यसपटक पनि करिव ७ लाखको हाराहारीमा इडीभी भरेकाे  ट्राभल स्टेटको तथ्याङ्कले देखाएको छ।

यसपटक कुल आवेदनको ०.६ प्रतिशत मात्र इडीभी पर्ने चान्स छ। अर्थात् १ सय ५८ जनाले ईडीभी भरेका छन् भने १ जनालाई मात्र पर्ने चान्स हुन्छ।