निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहिबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् ।

वैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको उप-निर्वाचन भएको थियो ।