धादिङको एक घरमा आगलागी हुँदा श्रीमानश्रीमतीको मृत्यु

काठमाडौं— धादिङको थाक्रे गाउँपालिका— ५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमानश्रीमतीको मृत्यु भएको छ।

गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।


मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको थियो।‘प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको थियो,’ मिश्रले भने। 

उनका अनुसार सो घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि छ। विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ। राति १२ बजेपछि आगो नियन्त्रणमा लिएको उनले बताए।