चालू आवमा ३.८७ % वृद्धिदर

चालू आर्थिक वर्ष ८०/८१ मा नेपालको आर्थिक वृद्धिदर  ३.८७ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण  गरेको  छ। राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको हो। 

कार्यालयका अनुसार उपभोक्ता मूल्यमा आर्थिक वर्ष ८०/८१ मा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत रहि अर्थतन्त्रको आकार ५७ खर्ब ०४ अर्ब रहने छ।