इलाम क्षेत्र नम्बर २मा नेम्वाङको अग्रता कायमै ,नाघ्याे १९ हजार मत

इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनमा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। नेम्वाङले हालसम्म  १९ हजार ११४ मत पाएका छन्।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत सहित नेम्वाङलाई पछ्याइ रहेका छन्।साथै  स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ९ हजार ४१० मत पाएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बू ३ हजार २४२ मत  अन्तिम स्थानमा रहेका छन्।