आज राति हावाहुरीको सम्भावना

आज राति देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाकाे अनुसार आज  राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो। 

त्यसैगरि लुम्बिनी र कोसी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाे छ।साथै कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकाे महाशाखाले जनाएको छ।