वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

गठबन्धनमा लुम्बिनीको टकराब मधेशमा पोखियो, लुम्बिनीमा जसपाले निहुँ खोजेपछि मधेशमा माओवादीको धम्की

एमाले, माओवादीसहितको गठबन्धनमा अहिले रोचक भइरहेको छ। गठबन्धनमा आवद्ध दलहरुको ध्यान प्रदेश सरकारमा छ। आफूले नेतृत्व नपाएका प्रदेशमा एकले अर्काको खुट्टा तानिरहेका छन्।

लुम्बिनीमा माओवादी नेता जोखबहादुर महरा र मधेशमा जसपा नेता सरोज यादव मुख्यमन्त्री छन्। यी दुबै प्रदेशमा माओवादी र जसपाबीच टकराव छ। लुम्बिनी सरकार गठन भएको १५ दिनमै महराको कुर्सी धरापमा पार्नेगरी जसपाका मन्त्री भण्डारीलाल अहिरले सरकारबाट राजीनामा दिए। यहाँ जसपाका तीन सांसद मात्र छन् तर उसलाई दुई मन्त्रालय चाहिएको छ।

https://barnanmedia.com/news/detail/174049/

मन्त्रीका लागि मरिहत्ते गर्दा घट्यो रास्वपाको साख

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र प्रदेश सभाअन्तर्गत बझाङ १ (क) को उपनिर्वाचन सम्पन्न भएको छ । २०७९ मा भएको आम निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हल्लाएको ठूला पार्टीहरुको मुटु अझै ठाउँमा बस्न सकेको छैन । तर, चुनावपछिका १७ महिनामा रवि लामिछाने, उनको टिम र उनको पार्टीलाई जनताले राम्रैसँग मूल्यांकन गरिसकेका रहेछन् ।

हुन त रास्वपाले बझाङमा उम्मेदवार नै उठाएन । इलाममा उठाउनका लागि हत्पत्ति उम्मेदवार नै पाएन । जसलाई उम्मेदवार उठायो, तीसँग न व्यक्तित्व थियो न त विरासत नै । न जनतालाई आकर्षित गर्न सक्ने खुबी थियो, न त प्रतिभा नै । आफूलाई निख्खर गाउँलेका रुपमा चिनाउनुबाहेक अर्को कुनै परिचय थिएन उनीसँग । त्यसैले इलाम–२ मा रास्वपा र रविका लागि शर्मनाक स्थिति बन्न पुगेको छ ।

https://barnanmedia.com/news/detail/174050/

अदालतको अवहेलनमा कारबाही गर्न माग

 सर्वोच्च अदालत प्रशासनले सिधाकुरा डटकम नामक अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई अदालतको अवहेलनामा हदैसम्म कारबाही गर्न माग गरेको छ ।
     
अदालतलका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले तयार गर्नुभएको उक्त प्रतिवेदन सोमबार इजलासमा पेस हुनेछ । प्रतिवेदनमा अदालतको जनआस्थामा गम्भीर असर पु-याएको र प्रसारित भ्रामक एवं झुटा सामग्री युट्युबलगायत सामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिन माग गरिएको छ ।

बैङ्किङ कसुर मुद्दामा फरार जुगल गाउँपालिका का वडाध्यक्ष तामाङ पक्राउ

 बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका— ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना तोकेको थियो। 

तातो हावाको लहर अझै बढ्ने

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । 

लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।

रामेछाप उडेको सिता एयर किन काठमाडौँमा आकस्मिक अवतरण गर्याे?

 काठमाडौँबाट रामेछाप उडेको सिता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । जहाजको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँ फर्काएर आकस्मिक अवतरण गरिएको हो। 
 
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार सोमबार बिहान उडेको जहाज हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँ फर्काइएको हो । उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । 

इलाम उपनिर्वाचन: माङ्सेबुङ–५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

तिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि हुनुहुन्छ । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गर्नुभएको छ ।

तोलामा चार सयले घट्यो सुन

सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु १७औँ नेपाल चीन (तिब्बत ) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ ।”

विश्वको सबैभन्दा ठूलो विद्युतीय कार चीन बजारमा सुरक्षा मञ्जुरी पाएपछि बेइजिङबाट उडे इलोन मस्क

आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सीईओ) इलोन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएको एएफपीका पत्रकारले बताएका छन्। एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका थिए। 

विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउन काम गर्न उनले चीनका प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गरे। सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन्। मस्क दिउँसो १ बजे बेइजिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा सवार भए। 

बझाङ प्रदेशसभा-१ मा एमालेका भण्डारी विजयी

नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौता

नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा आज उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गर्नुभयो ।

चीनको सिमेन गोल्ड ड्रागनले नेपालमै विद्युतीय गाडी उत्पादन गर्न ३ अर्ब लगानी

चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ। 

यो कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो।

घूस लिने इञ्जिनियर र लेखापाललाई कैद, सिडिइसमेत दुईलाई सफाइ

विशेष अदालतले घूस लिइ भ्रष्टाचार गरेको एक मुद्दामा दुई जनालाई सफाइ दिएको छ भने दुई जनामाथि कसूर कायम हुने फैसला गरेको छ । गत वर्ष ७ साउनमा दायर मुद्दामा यस्तो फैसला आएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ लिइसकेको अवस्थामा ग्रामीण सडक सञ्जाल सुधार आयोजना झापामा कार्यरत इञ्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई नियन्त्रणमा लिएको थियो । उनीहरुले मिलेमतोमा उक्त रकम लिएको बताएका थिए । 

https://barnanmedia.com/news/detail/174125/

प्रशासकीय अधिकृत जयसवाललाई भ्रष्टाचारका पाँच मुद्दामा सफाइ

विशेष अदालतले सोमबार भ्रष्टाचारका पाँच वटा मुद्दामा सफाइ दिएको छ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालसमेत प्रतिवादी रहेको ती मुद्दामा यस्तो फैसला आएको हो । 

जयसवाल यी पाँच वटै मुद्दामा प्रतिवादी थिए । विशेषले यी मुद्दा सँगसँगै राखी हेर्दै आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाभित्र भएका अनियमितताहरुका विषयमा छुट्टाछुट्टै अनुसन्धान गरी विभिन्न मितिमा ती मुद्दा दायर गरेको थियो । 

https://barnanmedia.com/news/detail/174126/

सर्वोच्च अदालतले सिधाकुरा टिमलाई बयानमा बोलाए

सर्वोच्च अदालतले सिधाकुरा टिमलाई बयानमा बोलाएको छ।

न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यो आदेश दिएको हो।

इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङकाे जित लगभग पक्का ,कसले कति मत प्राप्त गरे?

इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनकाे मतगणना अन्तिम चरणमा पुगेको छ। ४१ हजार ३ सय ८३ मत गणना भइसक्दा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार ९ सय ४४ मत सहित अग्रता लिएका छन्।

 फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायत लगभग सबै वडाहरूको मतगणना सकिन थालेकाे मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।