सर्वोच्च अदालतले सिधाकुरा टिमलाई बयानमा बोलाए

सर्वोच्च अदालतले सिधाकुरा टिमलाई बयानमा बोलाएको छ।

न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यो आदेश दिएको हो।

सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलको टिमलाई अदालतको अवहेलना मुद्दामा कारबाहीका लागि सर्वोच्च प्रशासनले आइतबार प्रतिवेदन उठाएको थियो।

प्रतिवेदनमा प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगानासहित संलग्न सबैमाथि कारबाही चलाउन माग गरिएको थियो।

प्रतिवेदनमा उक्त अनलाइन तथा युट्युब च्यानलबाट विवादित सामग्री तत्काल हटाउन आदेश दिनुपर्ने र राज्यका अन्य निकायलाई अनुसन्धान गर्न आदेश दिई नियमित प्रगति विवरण माग गर्नुपर्ने पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो।

उक्त सामग्रीले न्यायपालिकाको छवि र स्वतन्त्रता गम्भीर आँच पुगेको अदालत प्रशासनको टिप्पणी थियो। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको स्टिङ अपरेसनको फैसला गर्नुअघि सेटिङ भएको भन्दै सिधाकुराले एक अडिओ सार्वजनिक गरेको थियो।