युक्रेनमा रुसलाई सफलता

भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन स्थानमा सफलता पाएको छ।

रुसी सेनाले यसरी सफलता पाएको धेरै महिनापछि यो पहिलो पटक हो। रुसको यो सफलतासँगै किभलाई अमेरिका लगायत पूर्वीय देशबाट थप सहयोगको आवश्यकता देखिएको छ।

फेब्रुअरीमा एभडिभ्काबाट पछि हटेको रुसी सेनालाई त्यहाँ सफलता मिलेको हो। युद्ध भूमिको अपडेट गर्न चुकेको तथा सैन्य नेतृत्व रणनीतिक कुरामा चुकेको भन्दै युक्रेनको वृत्तमा बहस सुरु भएको छ। यसले एउटा ठुलो धक्काको महसुस समेत भएको छ। सेमेनिभ्का र बर्डीचीलमा रुसी उपस्थिति भएको युक्रेनी सेना प्रमुख अलेक्जेन्डर सर्सीकाइले नै स्वीकार गरी सकेका छन्।

त्यसबाट केही पर रहेको सोलोकोलोभाइभ पनि रुसी सेनाको पकडमा रहेको जनाइएको छ।