वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

राष्ट्रपतिले अडकाइदिए ८ कानुन संशोधन गर्ने अध्यादेश, लगानी सम्मेलनको औचित्य समाप्त हुने जोखिम

सरकारले आइतबारदेखि लगानी सम्मेलन आयोजना गर्दैछ। दुई दिन चल्ने सम्मेलनमा एक सय ५० परियोना शोकेस गरिँदैछ।  

लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । तर, ५५ देशबाट लगानीकर्ता आउँदैछ। तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ।

https://barnanmedia.com/news/detail/173952/

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । 

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

धरानमा फेरि खानेपानीको हाहाकार हर्क साम्पाङको प्रयास असफल!

सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन् । अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ । 

    धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ उहाँले आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पानी नआएको हप्ता दिन भएको भइसकेको छ । ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ । समस्या समाधान कहिले कोला भनेर कुर्दै बसेका छौँ ।” 

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ ।

आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० परियोजनाको विद्यमान अवस्था, लागतअनुमानसहितको विवरण यहाँ प्रस्तुत छ ।

माधव नेपालको अस्वाभाविक र रहस्यमय चलखेलले अस्थिरताको अर्को अध्यायतिर देश

 वैशाख १० गते नेपालका पहिलो पुस्ताका कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई धेरै पेल्न खोजे उथलपुथल ल्याइदिने धम्की दिएका थिए ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अघि उनले दिएको यो धम्की सामान्य थिए । जुनसुकै बेला सत्ता गठबन्धन ढल्न सक्ने संकेत उनले गरेका हुन् ।

https://barnanmedia.com/news/detail/173964/

सन्दीपलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ

 क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो ।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकीलले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

एफईएसओएनमा डा भोला रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)मा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

शनिबार सम्पन्न सोसाइटीको पहिलो वार्षिक साधारण सभाले डा रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ।

नेकपा (एस) मकवानपुरको अध्यक्षमा दाहाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन हुनुभएको छ । सो पार्टीको हेटौँडामा आज बिहान सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन भएको हो । समितिको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुवकुमार भुजेल, उपसचिवमा टङ्कप्रसाद मोक्तान, कविन पन्त र बेगम बराल चयन हुनुभएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरले जनाएको छ ।

समितिको सदस्यमा सुकराम केसी, ज्ञानेन्द्र देवकोटा, रमेशकुमार राई, बिएन शर्मा, बलराम बल, राजु अधिकारी, गजेन्द्र कन्दगङ्वा, मनोज वाइबा, धन मोक्तान, शुक्रदेवी बल, सरस्वती तिम्लिसिना, रजनी तिवारी, शान्तिप्रिय बन्दनालगायत चयन हुनुभएको छ । अधिवेशनको  पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।

इलाम २ को मतगणना बिहान ११ बजेदेखि

आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो ।  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ  ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रका विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो ।

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।

सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।

आज पनि काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा

 आज पनि मुलुकको राजधानी काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमै छ।

एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा आइतबार पनि काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ। गएको तीन दिनदेखि काठमाडौँ विश्वकै प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा कायम छ।

राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्ययादेश -२०८१ जारी गरेका छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । सरकारले लगानीका लागि सहज बनाउन विभिन्न एने संसोधनका लागि अध्यादेश जारीका लागि सिफारिस गरेको थियो ।

लगानी सम्मेलन सुरु भए लगत्तै राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । आज सुरु भएको लगानी सम्मेलन भोलीसम्म चल्ने छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका

आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिनुभएको छ भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ । 

उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिने कार्यक्रम छ । उद्घाटन सत्रकै क्रममा केही महत्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्तक्षार र लगानी घोषणा हुने कार्यक्रम रहेको छ । सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरु’, ‘नेपालमा लगानीका सफलताका कथा’, ‘आशयपत्रका लागि परियोजनाहरुको प्रस्तुति (सोकेसिङ)’ गर्ने कार्यक्रम छ । 

https://barnanmedia.com/news/detail/173994/

नेपालीलाई मे १ देखि चिनियाँ भिसा निःशुल्क

उत्तरको छिमेकी राष्ट्र चीनले मे १ देखि नेपाली नागरिकलाई भिसा शुल्क नलिने भएको छ ।  नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन यस्तो सुविधा ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यद्यपि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने दूतावासले जनाएको छ ।  

इन्जिनियरिङ कलेजमा अनियमितता सञ्चालक न्यौपानेलाई ३ वर्ष कैद, २५ करोडभन्दा बढी जरिवाना

 भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय हुने भएको छ। आइतबार विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसूरमा उनलाई सजाय सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसमेत नौ जनाउपर मुद्दा दायर गरेकोमा उनी मात्र दोषी ठहर भएका थिए । गत २५ चैतमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले उनीमाथि कसूर कायम गर्दै सजाय सुनाउन पेसी तोकेको थियो । 

https://barnanmedia.com/news/detail/174031/