२५४२ मत सहित नेम्वाङलकाे पहिलो पटक अग्रता
इलाम २ को पछिल्लो मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन् ।
अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ । जसमा कांग्रेस उम्मेदवार खड्का खड्काले २१९७ मत ल्याएका छन् भने नेम्वाङले २५४२ मत ल्याएर अग्र स्थानमा छन् ।
यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ ल्याएका छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन् ।
प्रतिक्रिया