इलाम २ मा डम्बरबहादुर खड्का अगाडि
इलाम २ को पछिल्लो मतगणनामा कांग्रेसका डम्बरबहादुर खड्का एमालेका सुहाङ नेम्वाङभन्दा २८ मतले अगाडि छन्।
निर्वाचन आयोगका अनुसार, चार हजार १०६ मत गणना हुँदा खड्का र नेम्वाङबीच प्रतिस्पर्धा देखिएको हो। खड्काले एक हजार ६५८ मत पाएका छन् भने नेम्वाङले एक हजार ६३० मत पाएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको ४३० मत छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको ३०८ मत छ। मंगोल न्याशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बूले १९ र नेपाली जनता दलका रेशमबहादुर सुनारले १७ मत पाएका छन्।
अन्य उम्मेदवारको दोहोरो अंक पनि पुगेको छैन। इलाममा १९ उम्मेदवार छन् भने कुल ६९ हजार २८७ मत खसेको छ।
प्रतिक्रिया