एफईएसओएनमा डा भोला रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं- फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)मा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

शनिबार सम्पन्न सोसाइटीको पहिलो वार्षिक साधारण सभाले डा रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ।

साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा डा उमा श्रीवास्तव, उपाध्यक्षमा डा ज्ञानेन्द्रमानसिंह कार्की, डा सानुमैया श्रेष्ठ र  डा सविना श्रेष्ठ निर्विरोध चयन भएका छन्। 

यस्तै महासचिवमा डा स्वस्ति शर्मा, सह महासचिव पदमा डा रश्मि श्रीश, कोषाध्यक्षमा डा मीरा थापा चयन भएका छन्।सदस्यहरुमा डा उषा खाँण, डा प्रेरणा दाहाल, डा चेतना श्रेष्ठ र डा गिरिधर शर्मा निर्वाचित भएका छन्।

सोसाइटीको यसअघि तदर्थ समिति रहेको थियो। उक्त समितिको अध्यक्षमा डा रिजाल थिए। सोसाइटीमा हाल ४५ जना सदस्य छन्।