अवैध लागूऔषध सहित एक जना पक्राउ

सखुवानन्कारकट्टि गाउँपालिका-५ महेशबारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ४० मिलिग्रामसहित सप्तरी खडक नगरपालिका-८ बस्ने ३९ वर्षीय पशुपति सरदारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले बा.८९ प ६०२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।