सर्वाेच्चमा एकपछि अर्काे अवकाश, आजदेखि न्यायाधीश माथेमा बिदामा

काठमाण्डौं, चैत २७: तीन महिना मुद्दाको सुनुवाई आशलाग्दो अवस्थामा पुग्दैगर्दा सर्वाेच्च अदालतमा फेरीपनि न्यायाधीशको संख्या घट्न थालेको छ । 

प्रधानन्यायाधीश सहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वाेच्च अदालतमा आजदेखि फेरी अर्का न्यायाधीश सुष्मालता माथेमा बिदा बस्नेछिन् । माथेमा इजलासमा बस्न नपाउने भएपछि सर्वाेच्च अदालतमा अब अठार जना न्यायाधीशको इजलास लाग्नेछ । न्यायाधीशहरु अवकाशको एकमहिना पहिलादेखि इजलास नबसी पहिल्यै गरेका फैसला लेखनमा सिमित हुने परम्परा छ।

माथेमाको अवकाशसंगै हालसम्म सर्वाेच्च अदालतमा चार न्यायाधीशको पद खाली भएको छ । न्यायाधीश अनिल कुमार सिन्हा, इश्वरप्रसाद खतिवडासंगै तीन पद खाली भएको थियो । सर्वाेच्च अदालतमा माघमा नयां न्यायाधीश नियुक्ति हुंदा समेत एक पद खाली नै थियो ।

बरिष्ठ न्यायधाीश डा आनन्दमोहन भट्टराई समेत एक महिनापछि बिदामा बस्नेछन् भने वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भदौ २० देखि बिदामा बस्नेछन् । अर्का न्यायाधीश प्रकाश कुमार ढुंगाना कात्तिकमा अवकाशमा जानेछन् । 

न्यायाधीशद्धय अनिल कुमार सिन्हा र इश्वरप्रसाद खतिवडाले अवकाश लिंदा कर तथा बैकिङ विषय र रिट तथा संविधानको व्याख्याको सन्दर्भमा ठूलो सुन्यता छाइसकेको छ भने माथेमा र प्रधान न्यायाधीश श्रेष्ठको अवकाशले देवानी न्यायको विषयमा अर्काे सुन्यता छाउने कानुनविद्हरुको विश्लेषण छ । 

माघको पहिलो साता नया“ न्यायाधीशले काम सुरु गर्दा मुद्दाको फच्र्छाैटमा केही आशा देखिएपनि विस्तारै न्यायाधीशहरु विदेश घुम्न जाने, विरामी पर्ने, विदा बस्ने र अवकाश लिने प्रक्रियाले गर्दा मुद्दाको सुनुवाई प्रभावित हुनु अस्वाभाविक होइन । तर न्यायपालिका वृत्तमा सर्वाेच्च अदालतका न्यायाधीशको दरबन्दी ३१ जना पुर्याइनुपर्ने र नियमित रुपमा २१ जना सुनुवाईका लागि इजलासमा बस्ने र बा“की १० जना न्यायाधीशले पालो मिलाएर फैसला लेख्ने वा अन्य काम गर्नुपर्ने आवाज उठ्नथालेको छ । 

करको विषयका विज्ञको रुपमा ख्याती पाएका न्यायाधीश कुमार सिन्हाले कात्तिक २० गते अवकाश पाएपछि सो क्षेत्र सर्वाेच्च अदालतमा खाली जस्तै छ न्यायाधीश खतिवडा र डा भट्टराईको अवकाशपछि विधिशास्त्रीय लेखन अर्काे सुन्यता देखिने पनि कानुनविद्हरुको टिप्पणी छ । सर्वाेच्च अदालतमा मुद्दा राम्रोसंग बुझेका र इमान्दार भनेर चिनिएका न्यायाधीशहरु एकपछि अर्काेगरी अवकाश पाइरहेका बेला सुधारको प्रसंग उठ्नु अस्वाभाविक होइन । 

मुद्दामा पालो नआउने रोग लागिरहेकै बखत भटाभट न्यायाधीशहरुको पद खाली हुँदै जाँदा सेवाग्राहीहरु भने चर्काे मारमा परेका छन् । अदालतमा मुद्दा र निवेदनको समेत सुनुवाईमा पालो नआउने गम्भीर रोग देखा परेको छ । अन्तरिम आदेश लिनुपर्ने, कुनै तल्ला निकायको आदेश बदर गराउनुपर्ने वा अन्य कुनै विशेष महत्वका मुद्दामा समेत समयमा पालो नआउने रोग सर्वाेच्च अदालतमा सामान्य झै भइरहेका छन् । 

जिल्ला अदालतका न्यायाधीशहरुले राम्रोसंग प्रमाणको मुल्यांकन, परीक्षण नगर्ने, उच्चका न्यायाधीशले जिल्लाको कमजोरी नखुट्याउने बरु सदर गरिदिने र सर्वाेच्चमा पालो नै नपाउने, पाएपनि दुई तहले गरेको मुद्दा कति खोतल्ने भन्ने परिपाटीका कारण न्याय ओझेलमा पर्दै गएको चर्चा चल्न थालेको छ ।