महाराजगञ्ज नगरपालिकाका अध्यक्ष १५ हजार घुस सहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिदैँ गर्दा वडाअध्यक्षलाई पक्राउ गरेको छ । 

आयोगले आइतबार कपिलबस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलिलाई घुस सहित नियन्त्रणमा लिएको हो । 

वडाअध्यक्ष अलिले घरबाटो सिफारिस दिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएका थिए । घुस लिदैँ गर्दा अख्तियारले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।