सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा लगानी सम्झौता

काठमाडौं, १८ चैत । सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा लगानी सम्झौता भएको छ।

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंक लिमिटेडबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र नेसनल बैंकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरी सम्झौता गर्नुभएको हो ।

सम्झौताअनुसार नेसनल बैंकिङ इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ ।

इन्स्टिच्युटले आगामी दिनमा बैंकिङ तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान गरी मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांक उपलब्ध गराउने लक्ष्य लिएको छ ।