इलाम २ मा हुने प्रतिनिधिसभा उपचुनावमा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार हुने

इलाम २ मा हुने प्रतिनिधिसभा उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू उम्मेदवार हुने भएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए ।