रुसी कन्सर्ट हलमा आक्रमण : मृतकको संख्या ९३ पुग्यो, ४ जना पक्राउ

रुसको मस्कोस्थित एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले अन्धाधुन्द गोली चलाउँदा मृृत्यु हुनेको संख्या ९० नाघेको छ। सो आक्रमणमा मारिनेको संख्या ९३ पुगेको रुसी अनुसन्धान समितिलाई उदृत गर्दै जनाएको छ। अनुसन्धानमा खटिएका अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने देखिएको छ। घटनामा १ सय ४० जनाभन्दा बढी घाइते भएका थिए। आक्रमणमा प्रत्यक्ष संलग्न रहेका ११ जनामध्ये चार जना पक्राउ परेको बताइएको छ। रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन्। युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।  रुसी सेवाका सम्पादक स्टिभ रोजेनबर्गले पछिल्लो दुई दशकमा रुसमा भएको यो सबैभन्दा ठूलो हमला भएको बताएका छन्।

आक्रमणमा संलग्न चारजना सहित ११ जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।

रुसी अधिकारीहरूले आक्रमणकारीहरू को थिए र तिनीहरू कहाँबाट आएका थिए भन्ने बारेमा धेरै जानकारी नभएको बताएका छन्।  आक्रमणकारीहरू फरार रहेको र उनीहरूको खोजीमा प्रहरी जुटेको उनीहरूको भनाइ छ।  यसैबीच चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को एक समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।