नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । 

शुक्रबारदेखि उनमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

'हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ,' ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, 'पछिल्लो समयमा निकै धपेडीमा रहेकोले ज्वरो आएको हुनसक्छ ।'

 अहिले उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् ।