कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना

 सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाल थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

पक्राउ परेका महरा  बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकामा अदालतले अनुमति दिएकाे थियाे।

अदालतले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको हाे ।