माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु ,एक जना गम्भीर घाइते

अर्घाखाँचीको शितगंगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका वडा नम्बर-२, सितापुरको सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर झिर्रा निवासी अन्दाजी ४० वर्षीय शारदा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएका छन्।

त्यसैगरि अर्की एक जना महिला भने गम्भीर घाइते भएकी छिन्। गम्भीर घाइते ३८ वर्षीय राधा अधिकारीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएकाे  छ।